प्रमुख पराजुली वडा कार्यालय भवन उद्घाटनमा

प्रमुख पराजुली वडा कार्यालय भवन उद्घाटनमा

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर १६, २०७६

विराटनगर । विराटनगर वडा नं १७ को नवनिर्मित वडा कार्यालय भवनको आइतबार भएको उद्घाटन समारोहमा महानगरपालिकाका प्रमुख भीम पराजुलीले जनताका सेवा र सुविधाका निम्ति वडा कार्यालयको आफ्नै भवन हुनुपर्ने बताउनुभएको छ ।

उहाँले जनप्रतिनिधिलाई जनताको काममा विशेष ध्यान दिन पनि आग्रह गर्नुभएको छ ।
रानीमा नवनिर्मित सो भवन ६३ लाख रुपयाँको लागतमा निर्माण गरिएको हो । उन्नाइस वडा रहेको महानगरपालिकामा वडा नं. ५, १५ र १८ का वडा कार्यालय बनिसकेका छैनन् ।

 वडा नं ८ को वडा कार्यालय मन्दिरको भवन बहालमा लिई प्रयोग भइरहेको छ । वडा नं ११ को कार्यालय भने निर्माणाधीन छ ।  अन्य वडाको आफ्नै कार्यालयबाट जनतालाई सेवा प्रदान गरिएको महानगरपालिकाका कर्मचारी सुमन दाहालले जानकारी दिनुभयो ।