सागमा नेपालको पहिलो स्वर्ण, कराँतेमा मण्डयकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण

सागमा नेपालको पहिलो स्वर्ण, कराँतेमा मण्डयकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर १६, २०७६

काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलो स्वर्ण जितेको छ । नेपालका लागी कराँतेका मण्डयकाजी श्रेष्ठले एकल काता (पुरुष)मा स्वर्ण जितेका हुन्।

जारी (साग)मा नेपालका लागि पहिलो साग दिलाउने क्रममा पाकिस्तानका खेलाडीलाई हराउँदै मण्डेले स्वर्ण जित्न सफल भए ।
यसअघि(महिला)तर्फ चञ्चला दनुवारले नेपाललाई रजत दिलाएकी हुन् ।

मण्डेले पाकिस्तानका नेमतुल्लाहलाई पाखा लगाएर सागमा पहिलो स्वर्ण दिलाए । त्यसपछि फाइनलमा पनि उनले पाकिस्तानका खेलाडी नै पराजित गरे । सागमा मण्डेको यो पहिलो स्वर्ण हो ।

मण्डेले २५ दशलमव ७२ अंक ल्याए भने पाकिस्तानका खेलाडीले २४ दशमलव ९२ अंक ल्याए ।