सिड्नीको ‘विग टप लुना पार्क’मा नेपथ्यको लाईभ शो

सिड्नीको ‘विग टप लुना पार्क’मा नेपथ्यको लाईभ शो

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर १६, २०७६

काठमाडौं । फरक शैलीका गीतहरु तयार गरेर आफ्नो छुट्टै स्थान बनाएको नेपथ्यले ‘नेपाल टच’को आयोजनामा अष्ट्रेलियाको सिड्नीमा कन्सर्ट गर्ने भएका छन् ।


‘नेपथ्य लाईभ इन सिड्नी–२०१९’ नाम दिइएको यस कार्यक्रमको मुख्य प्रयोजक एक्सपर्ट एजुकेशन हो । 
डिसेम्बर १४ अर्थात् मंसिर २८ गते हुने यस कन्सर्टको लागि विग टप लुना पार्क रोजिएको छ । ३ हजार दर्शक अट्ने उक्त हलमा कन्सर्टमा ३ हजार नै दर्शक आउने अपेक्षा गरिएको छ ।


नेपाली समुदायदाई लक्षित गरी अष्ट्रेलियामा विगत १० वर्षदेखि विभिन्न समाजिक सांस्कृतिक एवंम मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको नेपाली टचले यस कार्यक्रमले अष्ट्रेलियामा रहेका विद्यार्थीहरु र दर्शकहरुलाई आफ्नो देशप्रतिको माया दर्शाउने विश्वास लिएको आयोजकले बताएका छन् ।

अष्ट्रेलियामा हुने नेपथ्यको विभिन्न कार्यक्रमको संयोजक पनि नेपाल टच रहेको छ ।  नेपाली संगीतिक व्याण्ड ‘नेपथ्य’ विश्वमाझ परिचित छ। नेपाली दर्शक तथा स्रोतामा नेपथ्यको रुचाइएको ब्याण्ड हो।