सिराहाका ७२० जनालाई  जग्गा धनी दर्ता प्रमाण पुर्जा  वितरण

सिराहाका ७२० जनालाई  जग्गा धनी दर्ता प्रमाण पुर्जा  वितरण

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर १६, २०७६

 सिराहा ।  नेपाल सरकार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय नापी कार्यालय लहानकाे  आयोजनामा एक समारोहबिच  जग्गा धनी दर्ता प्रमाण पुर्जा  वितरण गरिएको छ । 

 नापी कार्यालय लाहानको कार्यालय  प्रमुख रविन सिंह को अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर २का  भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्रकुमार साहले  जग्गा धनी दर्ता प्रमाण पुर्जा  वितरण गर्नु भएको थियो ।   

 सिराहा जिल्लामा १३ हजार बासिन्दाहरूसँग जग्गा धनी दर्ता प्रमाण पुर्जा  नभएको  कार्यालय प्रमुख सिंहले जानकारी दिनुभएको थियो । कार्यक्रममा लहान नगर पालिका १५ मा  ढोडनामा २९५ र लहान नपा २२ शिसवनीमा ४२५ जना गरी जम्मा ७२० जना व्यक्तिहरूलाई प्रदेश मन्त्री साहको हातबाट लाल पुर्जा वितरण गरिएको थियो ।    यसरी वितरण गरिएका ९३ जनालाई विशुद्ध सुकुम्वासीलाई  जग्गा धनी दर्ता प्रमाण पुर्जा  प्रदान गरेको जानकारी  दिइएको  थियो  । 

लहान नगर पालिका २२ शिसवनीमा २०१९ सालमा स्थापना भएको आधारभूत विद्यालय जहदीले ६ कट्ठाको लाल पुर्जा पाएको पीडित प्रधान अध्यापन रामचन्द्र चौधरी जानकारी  दिनु भयो ।  विशेष अतिथिहरू राष्ट्रिय भूमि अधिकार मञ्चको राष्ट्रिय   अध्यक्ष सरस्वती सुब्बाले सुरक्षित आवास र जिबिको उपार्जनको लागि सङ्घर्ष गर्दै लहानबाट हक प्राप्तिको औपचारिक सुरुवात भएको समेत जानकारी दिनुभयो । यसले देश भरीको भूमिहीन सुकुम्वासीको पक्षमा सकारात्मक सन्देश जाने भन्दै खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा मधेसको  गायिका शान्ति सदाको  गायन समेत प्रस्तुति गरिएको  थियो ।