अञ्जली चन्दको कीर्तिमानी, नेपाल माल्दिभ्स विरूद्द १० विकेटले विजयी

अञ्जली चन्दको कीर्तिमानी,  नेपाल माल्दिभ्स विरूद्द १० विकेटले विजयी

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर १६, २०७६

काठमाडाैं । १३ औं (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि १० विकेटको जित निकालेको छ ।

पहिले ब्याटिङ गरेको माल्दिभ्स १० ओभर एक बलमा मात्र १६ रनमा अलआउट भयो । उसका कुनैपनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । माल्दिभ्स विरुद्ध अञ्जली चन्दले महिला क्रिकेटमा कीर्तिमानी बलिङ गरिन ।

उनले माल्दिभ्स विरुद्ध एक रन पनि नदिदा ६ विकेट लिएर नयाँ कीर्तिमान बनाइन । उनले पहिलो ओभरमा मेडेन राख्दै तीन विकेट लिइन भने दोस्रो ओभरमा पनि एक रन पनि खर्चिनन् । तेस्रो ओभरमा थप एक विकेट लिइन । जसका कारण उनले महिला क्रिकेटमा कीर्तिमानी फिगर बनाइन ।

यसअघि कम रन दिएर धेरै विकेट लिने कीर्तिमान मलेसियाकी मास एलिसाको नाममा थियो । एलिसाले चीन विरुद्धको खेलमा चरा ओभरमा एक मेडेन राख्दै तीन रन दिएर ६ विकेट लिएकी थिइन । 

जवाफमा नेपालले मात्र पाँच बलमा लक्ष्य पुरा गर्यो । नेपालको जितमा काजोल श्रेष्ठले अविजीत १३ रन बनाइन । अब नेपालले डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ । शीर्ष दुई टोलीले स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन् ।