मोबाइल फोनले फेरिएको चिनियाँको जीवनशैली

मोबाइल फोनले फेरिएको चिनियाँको जीवनशैली

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  मंसिर १७, २०७६

चिनियाँ जनताको जीवनशैली मोबाइल फोनमा केन्द्रित भएको देखिएको छ । ९९.१ प्रतिशत उपभोक्ताहरूले मोबाइल फोनबाट इन्टरनेट प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ ।

चिनियाँ इन्टरनेट सूचना केन्द्रले हालसालै जारी गरेको तथ्यांकअनुसार जुन २०१९ सम्ममा चीनमा मोबाइल नेटवर्कको प्रयोगकर्ताको संख्या ८४.७ मिलियन पुगेको छ ।

जीवनका आधारभूत आवश्यकताहरू जस्तै : खाने, पिउने, बस्ने, हिँड्ने, आराम र मनोरन्जन गर्ने, अत्यावश्यक प्रमाणपत्रहरू ुडिस्पोजेसनु गर्दाका विधिका सवालमा पनि स्मार्ट फोनको प्रयोग भएको देखिएको छ ।

अध्ययनले मोबाइल फोनले चिनियाँ व्यक्तिको नयाँ जीवनशैली सिर्जना गरेको उल्लेख गरेको छ ।

बेइजिङमा काम गर्ने ल्युले भर्खर इन्टरनेटमा मोबाइल पावर बैंक किनिन् । उनी दिनभर मोबाइल फोनबाट अलग हुँदिनन् ।

बिहान उनको कामका लागि जाँदा, आफ्नो स्मार्ट फोनबाट क्यूआर कार्ड स्क्यान गरेर सबै बाटोमा सवार गर्छिन् । अफिसमा उनी फोनबाट सम्पर्क गर्छिन् । अफिसबाट घर फर्किंदा घरका लागि चाहिने तरकारी पनि उनी मोबाइलबाटै झिकाउने गर्छिन् ।

काम सकिसकेपछि उनी फोन गरेर खाना मगाउने गर्छिन् । ल्युले मोबाइलबाट विभिन्न प्रकारका मनोरन्जनका कार्यक्रमहरू हेरेर आनन्द लिने गर्छिन । उनी भन्छिन्, ‘एउटा मोबाइल फोनबाट म सबै काम गर्न सक्छु । त्यस कारण मोबाइल फोनको ब्याट्री जहिले पनि चार्ज गरिएको हुन्छ ।’

‘मोबाइल फोनले मेरो जीवनमा धेरै महत्त्वपूर्ण भूमिका खेल्छ । बाहिर जाने क्रममा म मनी ब्याग बेक्दिनँ तर मोबाइल राख्छु । म सब वेबाट जान चाहन्छु, फोनबाट स्क्यान गरेर सवारी चलाउन सक्छु । फोनमार्फत् भुक्तानी गरेर सपिङ गर्छुु, उनी भन्छिन्, 'सबै सानाठूला पसलहरूमा मोबाइलद्वारा पैसा तिर्ने सुविधा छ । घर पुगेपछि म मोबाइलमा भिडियो वा मनोरन्जनका कार्यक्रमहरू हेर्छु ।'

त्यसो गर्दा समय धेरै छिटो बित्ने र चाहेका चलचित्रहरू हेर्न वा अभिनय हेर्न वा अचानक कतै जानुपरेमा मोबाइलबाट तुरुन्तै टिकट बुक पनि गर्न सकिने उनको भनाइ छ ।

'मलाई यस्तो लाग्छ कि म मोबाइलविना बाँच्न सक्दिनँ’, उनी भन्छिन् ।

आधिकारिक रिपोर्टका अनुसार सन् २०१९ को दोस्रो त्रैमासिकमा चीनको मोबाइल नेटवर्कमा प्रति व्यक्ति औसत ५६ एप डाउनलोड गरिएको पाइन्छ । एप प्रति व्यक्ति ४–७ घण्टासम्म प्रयोग गर्छन् । तीमध्ये सबभन्दा लोकप्रिय संचार, भिडियो, समाचार र खेल एपहरू हुन् ।

यो सबै अध्ययनपछि हामी यो बुझ्न सक्छौँ कि मोबाइल फोन चिनियाँहरूको जीवनमा एक महत्त्वपूर्ण हिस्सा भएको छ ।