बालोन डी’ओर अवार्ड मेस्सीलाई

बालोन डी’ओर अवार्ड मेस्सीलाई

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर १७, २०७६

काठमाडौं । लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् ।

सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै अर्जेन्टिनाका कप्तान मेस्सीले बालोन डी’ओर जितेका हुन् । फ्रान्सको पेरिसमा मेस्सीले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डाइकलाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सी ६ पटक बालोन डी’ओर अवार्ड जित्ने पहिलो खेलाडी हुन् । मेस्सीले यस अघि सन् २००९ देखि १२ सम्म र २०१५ मा गरी पाँच पटक अवार्ड जितेका थिए ।

महिलातर्फको अवार्ड अमेरिकी खेलाडी मेगन रापोनीले जितिन् । त्यस्तै लिभरपुलका एलिसन बेकरले उत्कृष्ट गोलकिपर अवार्ड जिते । विश्वभरका कप्तान, प्रशिक्षक तथा खेल पत्रकारहरुको मतको आधारमा यस अवार्ड प्रदान गरिन्छ ।