साग खेलकुदः थाउलोमा विजय र सुस्मिताले दिलाए स्वर्ण

साग खेलकुदः थाउलोमा विजय र सुस्मिताले दिलाए स्वर्ण

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर १७, २०७६

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले थप दुई स्वर्ण पदक जितेको छ ।

उसुको थाउलोमा विजय सिंञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक दिलाए ।

सुस्मिताले अघिल्लो संस्करणमा स्वर्ण जित्न सकेकी थिइनन् । ‘गोल्ड जित्छु भनेर नै मेहनत गरेको थिएँ । आज सफल भएँ । एकदमै खुसी छु’, पदक जितेपछि खुसी हुँदै उनले भनिन् ।

आजदेखि शुरु उसु खेल लगनखेलस्थित आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा भइरहेको छ ।

थाउलो तथा सान्सो विधामा एकै दिन प्रतिस्पर्धा हुनेछ । सोमबार एकै दिन १५ स्वर्णपदक जितेको नेपालले आज २२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ ।