बागलुङकाे कोप्चेमा जीप दुर्घटनामा १४ जनाको मृत्यु

बागलुङकाे कोप्चेमा जीप दुर्घटनामा १४ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर १७, २०७६

बागलुङ । गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग१ज ५२१९ नंको जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनामा ३ जना घाइते भएको र एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घाइते तीनजनाको उद्धार गरी उपचारर्थ बुर्तिवाङ पठाइएको

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो ।

जीपमा रहेका मध्ये नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । अन्य तीन जनालाई उद्धार गरी उपचारका लागि बुर्तिवाङ पठाइएको छ ।