नेपालले दियाे श्रीलंकाको यू–१३ टोलीसामु एक सय ७३ रनको लक्ष्य

नेपालले दियाे श्रीलंकाको यू–१३ टोलीसामु एक सय ७३ रनको लक्ष्य

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर १७, २०७६

काठमाडाैं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले श्रीलंकाको यू–१३ टोलीलाई एक सय ७३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाउन सफल भएकाे छ ।

नेपालको लागि दिपेन्द्र ऐरीले सर्वाधिक ७२ रन बनाए का हुन् । उनले ४४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । पवन सर्राफले २२, बिनोद भण्डारी र ज्ञानेन्द्र मल्लले समान २१ रन तथा आरिफ शेखले १९ रन बनाए का छन् ।

नेपालले सुरूवात भने खासै राम्राे गर्न सकेकाे थिएन । पारस खड्का मात्र एक रनमा पेभेलियन फर्किए । त्यसपछि आरिफ शेखले १९ र ज्ञानेन्द्र मल्लले २१ रन बनाएर आउट भएका थिए ।

चौथो विकेटको लागि दिपेन्द्र ऐरी र बिनोद भण्डारीले अर्धशतकीय साझेदारी गरे । ५६ रनको साझेदारी गरे पछि बिनोद २१ रन बनाएर कामिन्दु मेन्डीसले बोल्ड गरे । पाँचौ विकेटका लागि दिपेन्द्रले पवनसंग ६२ रनको साझेदारी गरे ।

श्रीलंकाको बलिंगमा कामिन्दु मेन्डिसले २ विकेट लिए भने असिथा फर्नान्डो, कभिस्का अन्जुला र दुभिन्दु तिलकरत्नेले समान १/१ विकेट लिए ।