नेपाली चलचित्र क्षेत्रका ३  सफल नायक एक साथ स्टेजमा !

नेपाली चलचित्र क्षेत्रका ३  सफल नायक एक साथ स्टेजमा !

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर १७, २०७६

काठमाडाैं । अमेरिकामा आयोजना भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा तीन नायक एकसाथ स्टेजमा देखिएका छन् । 
नेपाली चलचित्र क्षेत्रका ३ सफल नायक राजेश हमाल, भूवन केसी र शिव श्रेष्ठ  ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा एकसाथ स्टेजमा देखिएका हुन् ।

विभिन्न अवार्डबाट सम्मानित यी तिन नायकले लामो समयदेखि चलचित्र क्षेत्रमा गर्विलो स्थान बनाउन सफल भएका छन् । 

यतिबेला, नायक भूवन केसी चलचित्र निर्माण, निर्देशक तथा अभिनयमा व्यस्त छन् । नायक हमालले भने केही समयदेखि चलचित्रमा काम गरिरहेका छैनन् भने शिव श्रेष्ठ अभिनयमा नै व्यस्त छन् ।

अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजना भएको अवार्डमा एकसाथ उपस्थित भएर तिन नायकले माहोल नै ओझिलो बनाएका थिए । दर्शकले यी तिन नायकलाई एकसाथ चलचित्रको पर्दामा हेर्न चाहेका छन् । नायक हमाल र श्रेष्ठले भने पछिल्लो रिलिज चलचित्र ‘बागमती’मा एकसाथ काम गरेका थिए ।