प्रअकाे बखेडाबाजिका कारण रिसनले पढ्न पाएनन्

प्रअकाे बखेडाबाजिका कारण रिसनले पढ्न पाएनन्

लोकसंवाद संवाददाता  |  शिक्षा  |  मंसिर १७, २०७६


काठमाडौँ । सरकारले बौद्धिक अपाङ्गता भएका बालबालिका तथा शारीरिक अपाङ्गता भएका बालबालिकाको लागि आफ्नो दायित्व तथा कर्तव्य बोध गरी भर्ना गर्नुपर्ने नीति निर्माण गरेको छ । 

तर कतिपय विद्यालयहरूले बौद्धिक अपाङ्गता भएका बालबालिका तथा शारीरिक अपाङ्गता भएका बालबालिकाको भर्ना गर्न आनाकानी गरि‌दां एउटा अबोध बालकको विद्यालय (स्कुल) भर्ना हुने चाहनासमेत पूरा हुन नसकेकाे खबर छ ।  

काठमाडौँ महानगरपालिकाभित्रकै  भीमसेन गोलामा रहेको सम्पूर्ण दायित्व नेपाल सरकारले लिएको सरकारी विद्यालय निर्मल बाल विकास केन्द्रले अबोध बालक रिसनकाे भर्ना गर्न नमानेको  बताइएकाे छ।  

निर्मल बाल विकास केन्द्र  बौद्धिक अपाङ्गता तथा  शारीरिक अपाङ्गता भएका बालबालिकालाई पढाउने भनी सञ्चालनमा ल्याइएकाे हो । जहाँ उनीहरूले आफ्नो जीवन निर्वाह गर्न सजिलो होस भनेर ज्ञान  दिने गरिएको छ । 

२८ वैशाख २०६९ साल बिहीबारका  आमा रेणुका मानन्धरको गर्भबाट एउटा बालकको जन्म भएको हो ।    आमा रेनुका र बुबा सञ्जयका  असामान्य अवस्थामा जमेका जन्मेका  रिसनमा शारीरिकसँगै बौद्धिक अपाङ्गता पनि देखियो । 

 सन्जोगवश काठमाडौँ महानगरपालिकाभित्र रहेको भीमसेनगोेलास्थित निर्मल बाल विकास केन्द्रमा विदेशी दाताले एक जना थेरापिष्ट जानेको मान्छे राख्ने भएछ र उनै रेणुलाई उनको अनुभवका आधारमा करारमा एक वर्षको लागि राख्नु भएको बताउनुहुन्छ। आफूसँगै छोरालाई पनि त्यहीँ बाल विकास केन्द्रमा लाने गरेको प्रधानाध्यापक ज्योति खनालसँग कुरा गरेर  फारम भर्ना गर्न लगाइन्  भर्ना गरेको समेत जानकारी प्राप्त गरेको  बताउनु हुन्छ । 

 तर राज्यले दिने सेवा सुविधा पाउने समयमा भने प्रधानाध्यापक खनालले तपाईँको छोरा भर्ना नै नभएको जानकारी दिएपछि भने आश्चर्य चकित हुनु भएको छ ।उल्टै खनालले उनलाई ‘तपाईँको छोरा बौद्धिक अपाङ्ग होइन, यो रिपोर्टलाई म मान्दिन, मैले भनेको डाक्टरसँग जँचाएर रिपोर्ट ल्याउने’ भन्ने जवाफ दिएर भर्ना नगरी दिएको गुनासो मानन्धरको रहेको छ ।  

प्रअ खनालले  अर्को डाक्टरलाई बच्चाको परीक्षण गर्न लगाउँदा पनि  बौद्धिक अपाङ्गता भएको नै  पुष्टि भयो । त्यसपछि खनालले  रिसनको  भर्ना गर्नुको सट्टा बखेडा  निकाल्दै  शारीरिक अपाङ्गको लागि हैन, तपाईँको छोरा शारीरिक रूपमा पनि अपाङ्ग छ । त्यसैले यसलाई यहाँ भर्ना गर्न मिल्दैन  भनेर भर्ना नगरेको रिसनको  अभिभावकको गुनासो छ ।