महोत्तरीमा पिकअप भ्यान दुर्घटना दुईको मृत्यु १५ घाइते

महोत्तरीमा पिकअप भ्यान दुर्घटना दुईको मृत्यु १५ घाइते

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर १८, २०७६

धनुषा । महोत्तरीको बर्दिवासमा आज विहान पिकअप भ्यान दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ।  
बाराको गढीमाइ मेला दर्शन गरेर जनकपुर फर्कने क्रममा ना ५ च १२२७ नम्बरको पिकअप भ्यान अनियन्त्रित भएर  दुर्घटनामा परेको हो ।  

दुर्घटनामा धनुषाधाम २ का शकुन्तलादेवी साह र र्बतनिया महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ । १५ जना घाइते भएका छन्।
दुर्घटनामा घाइते भएका १५ जनाको महोत्तरी र धरानका विभिन्न अस्पतालमा उपचार भइरहेको महोत्तरी प्रहरीले जनाएको छ। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।