‘सेल्फी किङ’को टिजर रिलिज,  दुनियाँ हसाउँने हास्य कलाकारको कथा (भिडियाे सहित)

‘सेल्फी किङ’को टिजर रिलिज,  दुनियाँ हसाउँने हास्य कलाकारको कथा (भिडियाे सहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर १८, २०७६

काठमाडाैं । विशाल सापकोटा निर्देशित फिल्म ‘सेल्फी किङ’ को अफिसियल टिजर सार्वजनिक भएको छ । 

विपिन कार्की स्टारर ‘सेल्फी किंङ’को सार्वजनिक टिजरमा दुनियाँ हसाउँने हास्य कलाकारको दुखद् भोगाइ प्रस्तुत गरिएको छ।
केही दिन अगाडि सार्वजनिक गरिएको फस्टलुक पोस्टरले सकारात्मक प्रतिक्रिया बटुलेपछि निर्माण टिमले फिल्मको टिजर इन्टरनेटमा रिलिज गरेको हो ।

१ मिनेट २ सेकेण्ड लम्बाईको टिजरभरी अभिनेता विपिन कार्की मात्र देखिएका छन् ।

‘सेल्फी किङ’ को नामले परिचित एक हाँस्यकलाकारले कला यात्राको दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा फिल्मले भन्छ ।

माघ २४ गते रिलिज हुने सिनेमामा विपिनका अलवा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय छ।

सिनेमालाई दिनेश राउत र सुभाष थापाले संयुक्त रुपमा निर्माण गरेका हुन्।

भिडियाे यहाँ हेर्न सकिन्छः