१३ औं दक्षिण एसियाली खेलकुदः आज १९ स्वर्णको छिनोफानो

१३ औं दक्षिण एसियाली खेलकुदः आज १९ स्वर्णको छिनोफानो

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर १९, २०७६

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पाँचौं दिन आज १७ खेलमा १९ स्वर्णको छिनोफानो हुँदैछ।

दक्षिण एसियाली खेलकुद सागमा आज १९ खेलमा प्रतिस्पर्धा हुँनेछ । 

जसमा पौडीको खेल सुरु हुनेछ भने तेक्वान्दो र उसु सकिनेछ । एथ्लेटिक्समा चार स्वर्णको छिनोफानो हुनेछ ।

यस्तै साइक्लिङमा २ सुटिङमा एक पौडीमा ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । जसमा विहानको सेसनमा हिट चरणका खेल हुनेछन भने दिउसो पदकको लागि खेल हुनेछ ।

यस्तै तेक्वान्दोमा ६ स्वर्णका लागि खेल हुनेछ भने भारत्तोलनमा ५ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ यसका साथै उसूमा अन्तिम दिन १७ स्वर्णको खेल हुने बताइएको छ ।