महिला फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनिन् साबित्रा (गोलसहित)

महिला फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनिन् साबित्रा  (गोलसहित)

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर १९, २०७६

काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी नेपालको लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छिन । माल्दिभ्स बिरूद्दको खेलमा एक गोल गरेपछि उनले यसअघिकी कप्तान अनु लामाको गोलको कीर्तिमान तोडेकी हुन ।

पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा सावित्राले पहिलो हाफमा गोल गर्दै नेपाली महिला फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनिन् । उनले नेपालका लागि गोल संख्या ३६ पुर्याएकी छिन । सावित्राले अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमान भंग गरेकी हुन् ।

अब सावित्राको रेकर्डलाइ तोड्न केहि कठिन देखिएको छ । दक्षिण एसियाकी गोल मेसिन मानिने सावित्राको गोलमा नै नेपालले माल्दिभ्स बिरूद्द अग्रता बनाएको थियो ।

सावित्राले गरेका गोलहरु
१) साफ च्याम्पियनसिप, इस्लामावाद २०१४ : १ गोल
२) साग २०१६ :२ गोल
३) साफ च्याम्पियनसिप २०१६ : १२ गोल
४) ओलम्पिक छनोट पहिलो चरण २०१८ : १ गोल
५) हिरो गोल्डकप २०१९ : ४ गोल
६) साफ च्याम्पियनसिप २०१९ : ४ गोल
७) ओलम्पिक छनोट, दोस्रा चरण : २ गोल
८) नादेझ्दा कप २०१९ : ७ गोल
९) मैत्रीपूर्ण खेल : २ गोल

१०) साग २०१९ : १ गोल(जारी)