भ्रमण वर्ष २०२० को अभियानमा बेल्ट एण्ड रोड पनि जोडिदै

भ्रमण वर्ष २०२० को अभियानमा बेल्ट एण्ड रोड पनि जोडिदै

लोकसंवाद संवाददाता  |  पर्यटन  |  मंसिर १९, २०७६

काठामाडौँ । चीनको राजधानी बेइजिङ्गमा हेडक्वार्टर रहेको Belt and Road International Transport Alliance (BRITA) ले नेपालको नासा फाउन्डेसनसंगको सहकार्यमा आगामी डिसेम्बर १३ र १४ तरिख काठमाण्डौँमा (Visit Nepal Year 2020 International Workshop on Transport & Tourism Integration) शिर्षकको कार्यशाला संचालन  गर्ने कुरा २०७६ मंसिर १९ गते बिहिबारका दिन एक पत्रकार सम्मलेन गरि जानकारी दिइएको छ । 

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई भब्यरुपमा सफल बनाउन विभिन्न प्रचारात्मक कार्य र अभियान संचालन सन्दर्भमा, विश्वकै ठुलो मानिएको Belt and Road  Initiative समेत  यो अभियानमा जोडिन आएको छ ।

नेपाल इञ्जिनियर्स एसोसिएसनको सहआयोजना, तुन्दी कन्स्ट्रक्सनसँगंको सहकार्य, चीनीया हाइवे एण्ड ट्रान्सपोर्ट सोसाइटी (CHTS)तथा नेपाल अटोमोवाइल्स एसोसिएसन (NASA) को आयोजना हुने सो कार्यशालाको उद्घाटन पूर्व प्रम तथा नेकपा अध्यक्ष पुष्पकमल दहालद्वारा  हुने समेत उक्त पत्रकार सम्मेलनमा जानकरी दिइएको थियो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको आर्थिक सहयोग तथा पर्वतीय खेलकुद महासंघ नेपालको समन्वयमा हुने सो कार्यक्रममा पर्यटन क्षेत्रमा लगानीको सम्भावना, ड्राइभ टुरिजम, BRI एण्ड टुरिजम, पर्यटन सेफ्टी तथा क्रस बोर्डर कनेक्टिभिटि जस्ता एक दर्जन कार्यपत्रहरु प्रस्तुत हुने जानकारी दिइएको थियो ।