१३ औं सागमा आज २३ खेल हुँदै, पहिलो दिन बक्सिङमा नेपालले ४ इभेन्टमा प्रतिस्पर्धा गर्ने

१३ औं सागमा आज २३ खेल हुँदै, पहिलो दिन बक्सिङमा नेपालले ४ इभेन्टमा प्रतिस्पर्धा गर्ने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर २०, २०७६

काडठमाडाैं । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आज पनि २३ वटा खेलहरु हुँदैछन् । काठमाडौ, पोखरा र जनकपुरमा शुरु भएको प्रतियोगिता अन्तर्गत खेल हुन लागेका हुन् ।

आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल,ब्याडमिन्टन, क्रिकेट,गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती,बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ ।

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हनेछ भने कुस्ती जनकपुरमा हुनेछ । कीर्तिपुर टियु क्रिकेट मैदानमा पुरुष क्रिकेट हुने छ । क्रिकेट अन्तर्गत समूह चरणको खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै छ ।

महिला क्रिकेट भने पोखरामा जारी छ । पोखरामा आज नेपालले श्रीलंकासँग खेल्ने छ । साग अन्तर्गत आजदेखि बक्सिङ  आजबाट सुरु हुँदैछ । पहिलो दिन बक्सिङमा नेपालले ४ इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित कराते हलमा नेपालले ४ वटा इभेन्टमा प्रतिस्पर्धा गर्न लागेको छ