पुरुष क्रिकेटमा नेपालद्धारा माल्दिभ्ससामु १६४ रनको लक्ष्य

पुरुष क्रिकेटमा नेपालद्धारा  माल्दिभ्ससामु  १६४ रनको लक्ष्य

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर २०, २०७६

काठमाडाैं । साग पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई एक सय ६४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६३ रन बनायो । 

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन बनाए । यस्तै विनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान १९–१९ रनको योगदान गरे । आरिफ शेखले १७ रन बनाउँदा रोहित पौडेलले १० रन थपे । यस्तै पारस खड्काले ११ रन बनाए ।

नेपालले सुरुवात आज खराव गर्यो । १५ रनमा पहिलो विकेट गुमाएको नेपालले ४२ रनमा दोस्रो तथा ४८ रनमा तेस्रो विकेट गुमाएको थियो । त्यसपछि अरु २७ रन स्कोरबोर्डमा जोड्दा नेपालले थप दुई विकेट गुमायो । ७५ रनमा पाँच विकेट गुमाएको नेपालले एक सय ३० रन बनाउँदा सात विकेट झार्यो ।