बेलायती निर्वाचनमा काश्मिर मुद्दाको असर

बेलायती निर्वाचनमा काश्मिर मुद्दाको असर

लोकसंवाद संवाददाता  |  विदेश  |  मंसिर २२, २०७६

उत्तरी बेलायतको ब्रैडफर्ड शहरमा काश्मिरको सन्दर्भ नचली कुनै पनि कुराकानी वा बहस अधुरो हुनेछ । यहाँ मन्दिर–मस्जिद छन्, कसैको घर होस् वा कुनै निर्वाचन अभियान, काश्मिरलाई बेवास्ता गर्न गाह्रो छ ।

भारतबाट ६ हजार ५०० किलोमिटर टाढा बेलायतमा काश्मिर एउटा चुनावी मुद्दा बनेको छ । भारत सरकारले ५ अगस्टमा संविधानको अनुच्छेद– ३७० हटाएर जम्मू–काश्मिरबाट यसको स्वतन्त्रता अन्त्य गरिदियो र यसलाई दुई केन्द्र शासित प्रान्तमा विभाजन गरिदियो ।

यसका कारण यहाँ रहने भारतीय र पाकिस्तानी समुदायबीच एउटा ठूलो मुद्दा बन्यो । घृणाको पर्खाल खडा भयो । भारतीय समुदाय भारतको यस निर्णयबाट खुसी भ एभने पाकिस्तानी ज्यादै दुखी भए ।

बेलायतका राजनीतिक दलहरूले काश्मिर मुद्दामा आफ्नो पक्ष अगाडि राखे तर पाइला पाइला थामेर ।

यसको असर ४८ सिटका परिणाममा हुन सक्छ, जहाँ दक्षिण एसियाका मानिसहरूको मत निर्णायक मानिन्छ ।

धर्मका आधारमा विभाजन !

बेलायमा आमनिर्वाचन १२ डिसेम्बरमा छ । ब्रैडफर्डको जनसंख्याको ४३ प्रतिशत मानिस दक्षिण एसियाली मूलका छन् । पाकिस्तानको मीरपुरबाट आएका मानिसको ठूलो संख्या यहाँ रहेको छ । यहाँका दुई उम्मेदवार पनि त्यही समुदायबाट आउँछन् ।

यहाँका मतदाता भन्छन् कि उनीहरूको मत पार्टीहरूका काश्मिर रणनीति पढेर दिनेछन् । आखिर काश्मिर बेलायतका ती मतदाताको चुनावी मुद्दा किन बनेको छ ? यसका बारेमा केही मानिससँग कुराकानी गरिएको छ ।

एउटा भारतीय कम्पनीका प्रबन्ध निर्देशक रसपाल सिंह यसबारेमा भन्छन्, ‘ब्रैडफर्डमा काश्मिर एउटा चुनावी मुद्दा यसकारण बनेको छ कि यहाँ दक्षिण एसियाली मानिसको बढी बसोवास छ र यो मुद्दाले उनीहरूलाई प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित गर्छ ।’

युवामा बेरोजगारी, गरिबी तथा महिलाविरुद्धका भेदभाव यस शहरमा मतदानका क्रममा अहं मुद्दा बन्छ । तर, दक्षिण एसियाली मानिसका लागि काश्मिरको मुद्दा पनि निकै ठूलो बन्ने गरेको छ ।

त्यहाँ रहेका एक जना पाकिस्तानी व्यापारीको पहिलो पुस्ता पाकिस्तानको काश्मिरको मीरपुर जिल्लाबाट वर्षौंअघि ब्रैडफर्ड आएको हो । तर, आज पनि काश्मिर उनीहरूका लागि भावुक विषय हो ।

मसूद सादिक, उनकी सामाजिक अभियन्ता श्रीमती रुकसाना सादिक तथा कलेज पढिरहेकी उनीहरूकी छोरी हाना सादिक काश्मिरको विषयमा भारतसँग दुखी छन्, रिसाएका छन् ।

मसूद भन्छन्, ‘यसबेला यहाँका दुवै सांसद काश्मिरी छन् । यहाँ काश्मिरीहरूको संख्या ठूलो छ । निर्वाचनमा उम्मेदवारले आफ्ना मतदातालाई राम्ररी सम्झाउन जरुरी छ । उनीहरू चाहन्छन् कि जुन उम्मेदवारलाई मत दिइन्छ, उसले काश्मिर मुद्दालाई संसदमा उठाओस् ।’

यस मुद्दाले भारतीय र पाकिस्तानी मूलका मानिसबीच घृणाको पर्खाल उभ्याइदिएको छ ।

रुकसाना सादिक भन्छिन्, ‘हामी एकअर्कालाई सहिरहेका मात्र छौँ । हामीले कहिल्यै पर्खाल तोड्ने कोसिस गरेका छैनौँ । एकअर्काबाट अलग रहेका छौँ तर पर्खाल तोड्ने पैयास गर्दैनौँ ।’

छोरी हाना सादिक १६ वर्षकी छन् । मत दिने उमेर भएको छैन तर उनको यस मुद्दाप्रतिको धारणा पनि त छ । उनी भन्छिन्, ‘हिन्दु र मुसलमानका बीच बहस भइरहन्छ । मतभेदको कारण धर्म मात्र होइन तर धर्मको भूमिका अवश्य छ ।’

भारतीयहरूको व्यवहार

ब्रैडफर्डमा हिन्दु समुदायका लागि काश्मिरको मुद्दा महत्त्वपूर्ण हो । ब्रैडफर्डको एउटा ठूलो मन्दिरमा दैनिक अपराह्न १२ बजे आरती सुरु हुन्छ, जसमा अधिकतम बुज्रुक महिला र पुरुष सहभागी हुन्छन् ।

राकेश शर्मा यस मन्दिरको समितिका एक मुख्य सदस्य हुन् । सन् १९७४ मा उनी दिल्लीबाट यहाँ आएर बसिरहेका छन् । उनी भन्छन् कि उनको शहरमा काश्मिर एउटा बृहत् चुनावी मुद्दा हो । उनले भने, ‘यहाँका अधिकांश सांसद पाकिस्तानी मूलका छन् र लेवर पार्टीका छन् । उनीहरू भारतले अनुच्छेद– ३७० हटाएको विषयलाई गैरकानुनी भन्छन् । भारतीयको धारणा लेवर पार्टीको झुकाव मुसलमानप्रति बढी छ उनीहरू भारतीयका पक्षमा छैनन् भन्ने छ ।’

लेवर पार्टीले काश्मिरमा कथित रूपमा मानवअधिकारको वहालीबारे एउटा प्रस्ताव पारित गरेको छ । यसपछि उक्त पार्टीले आफ्नो चुनावी घोषणापत्रमा काश्मिरमाथि ‘अधिक हस्तक्षेप गर्ने’ नीतिमा प्रतिबद्धता जनाएको थियो ।

पार्टीको यस्तो काश्मिर नीतिले भारतीय हिन्दुहरूलाई लेवर पार्टीबाट टाढा बनायो ।

मुकेश चावला पंजाबबाट ५२ वर्षअघि यहाँ आएका हुन् । तर, भारतसँग उनको लगाव र नाता अझै मजबुत छ । उनी भन्छन्, ‘विपक्षका नेता तथा लेवर पार्टीका सांसद जेरेमी कार्बिनले अनुच्छेद– ३७० हटाएकामा विरोध गरेका थिए, जसका कारण भारतीय समुदायले सत्ताधारी कन्जर्भेटिभ पार्टीको समर्थन सुरु गर्‍यो । अर्कातर्फ कन्जर्भेटिभ पार्टीका नेता बोरिस जनसनले संसदमा भनेका थिए कि काश्मिर भारतको आन्तरिक मामिला हो भने त्यसमा हस्तक्षेप गर्नुहुँदैन । यसकारण हामी सबै उसको समर्थक भयौँ ।’

काश्मिर मुद्दामा प्रश्न

भारतीय मूलका मानिसको तर्क छ कि काश्मिर बेलायतको निर्वाचन वा यहाँको राजनीतिको हिस्सा हुनुहुँदैन ।

पूर्वा खंडेलाल केही वर्षअघि भारतबाट ब्रैडफर्ड आएको हुन् । उनको विचारमा काश्मिरको मुद्दा बेलायतको निर्वाचनमा उठाउन जरुरी छैन । उनी भन्छन्, ‘मेरो विचारमा यो मुद्दा भारत र पाकिस्तानबीचको हो । केलाय सरकार र यहाँका मानिसले काश्मिर मामिलामा हस्तक्षेप गर्नु आवश्यक छैन ।’

दक्षिण एसियाली मूलका मानिस पार्टीका काश्मिर रणनीतिका आधारमा मत दिनेवाला छन् तर यो पनि महसुस गर्दै कि यो मुद्दा निर्वाचनपछि नै मानिसले भुल्नेछन् ।

जस्तो कि मसुद सादिक भन्छन्, ‘पार्टीहरू केही नयाँ काम गर्न सक्दैनन् । भारतको अर्थ व्यवस्था र त्यहाँको ठूलो बजार देखेर काश्मिरमाथि भारतका विरुद्ध दबाब दिनु निकै मुस्किल पनि छ ।’

बीबीसीका को रिपोर्ट