दर्दनाक अपराध : २ महिनासम्म सामूहिक बलात्कार गरेर जलाइयो युवतीलाई

दर्दनाक अपराध : २ महिनासम्म सामूहिक बलात्कार गरेर जलाइयो युवतीलाई

लोकसंवाद संवाददाता  |  अपराध  |  मंसिर २२, २०७६

मुलुकका विभिन्न हिंसासँगै बलात्कारपछि हत्या गरिएका घटना बाहिर आइरहेका छन् । एक १७ वर्षीया किशोरीलाई उनका प्रेमी र उसकी आमा मिलेर शुक्रबार दक्षिणी त्रिपुराको शान्तिबजारमा आगो लगाइयो । यसअघि किशोरीलाई बन्धक बनाएर उनीमाथि दुष्कर्म गरियो । आगोका कारण किशोरी ९० प्रतिशत जलेकी थिइन् ।

उक्त घटनापछि हतारहतार उनलाई अस्पताल लगियो तर शनिबार उनको मृत्यु भयो ।

प्रहरीले यस मामलामा भनेको छ कि किशोरीलाई अभियुक्तका छिमेकीले बचाए । यसपछि उक्त किशोरीलाई तत्काल जीबी पन्त अस्पताल लगियो । प्रहरीले भनेको छ कि युवकद्वारा दुई महिनादेखि उक्त किशोरीलाई बन्धक बनाएर पैसा मागिरहिएको थियो ।

जसरी उक्त किशोरीको मृत्युको खबर आयो, अस्पताल छेउ भीड लाग्यो र उपस्थित मानिसले आरोपी युवकसमेत उसकी आमामाथि आक्रमण गरे ।

किशोरीका परिवारको आरोप छ कि अजय रुद्रपालले उनीहकी छोरीलाई छाड्नका लागि ५० हजार रुपैयाँ मागेको थियो । तर, उनले शुक्रबारसम्मा जम्मा १७ हजार रुपैयाँ मात्र जम्मा गर्न सके । यसपछि रिसाएको अजयले किशोरीलाई जलाइदियो ।

मुख्य आरोपी गिरफ्तार

दक्षिणी त्रिपुराका एसपी जलसिंह मीणा भन्छन्, ‘यस घटनाका मुख्य अभियुक्त अजय गिरफ्तार भएको छ । उसलाई शान्तिबजार प्रहरी थानामा राखिएको छ । किशोरीलाई शुक्रबार जिउँदै जलाएको अभियोगमा छानबिन भइरहेको छ ।’

प्रहरीमा दर्ता गरिएको थियो उजुरी

प्रहरी भन्छ कि किशोरी उक्त युवकसँग सामाजिक संजालमार्फत् जोडिएकी थिइन् । दीपावलीपछि जब उक्त युवक उनको घर पुग्यो र विवाहको प्रस्ताव राख्यो, युवती त्यसपछि युवकसँगै बस्थिन् । प्रहरीको दाबी छ कि अभियुक्तले फेरि उनलाई बन्धक बनायो र पैसा माग्न थाल्यो । यति मात्र होइन, अभियुक्त युवकले उक्त किशोरीमाथि साथीहरूसहित सामूहिक बलात्कार पनि गर्न थाल्यो ।

पीडित किशोरीकी आमा जतिबेला किशोरी हराएकी थिइन्, तुरुन्त यसबारे प्रहरीमा उजुरी दर्ता गराइएको बताउँछिन् ।