भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी ‘घुम्न जाऊँ तुलसीपुर’ अभियान

भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी ‘घुम्न जाऊँ तुलसीपुर’ अभियान

लोकसंवाद संवाददाता  |  पर्यटन  |  मंसिर २२, २०७६

दाङ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी तुलसीपुर उपमहानगरपालिकाले घुम्न जाऊँ तुलसीपुर अभियान सञ्चालन गर्ने भएको छ । 
तुलसीपुरलाई पर्यटकीय गन्तव्य बनाउन यो अभियान सञ्चालन गर्न लागिएको नगप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो ।
 
पाण्डेका अनुसार अभियानका क्रममा तुलसीपुरका सबै पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने गरी भव्य कार्यक्रम आयोजना हुने छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष विमल रिजाल तुलसीपुरका पर्यटकीय क्षेत्रको पहिचान गरेर भौतिक संरचना निर्माणमा ध्यान दिनुपर्ने सुझाव दिनुहुन्छ । वडा नं ६ का वडाध्यक्ष नवराज लामिछाने तुलसीपुर घुम्न आउने पर्यटकको बसोबास र आतिथ्यताको उचित व्यवस्थापनमा विशेष ध्यान दिइने जानकारी दिनुभयो ।