वृद्ध आश्रमका ४५ जना वृद्धवृद्धाहरुलाई न्यानो कपड़ा र खाद्यान्न वितरण

वृद्ध आश्रमका ४५ जना वृद्धवृद्धाहरुलाई न्यानो कपड़ा र खाद्यान्न वितरण

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर २२, २०७६

गुल्मी । रुरु क्षेत्र गाउँपालिका–१ रिडीस्थित वृद्ध आश्रममा बस्दै आएका ४५ जना वृद्धवृद्धाहरुलाई आइतबार न्यानो कपड़ा र खाद्यान्न वितरण गरिएको छ । गुल्मीको रुरुक्षेत्र रिडी आश्रममा रहेका वृद्धवृद्धाहरुलाई चिन्तामणि भुसाल निमकला प्रतिष्ठानले न्यानो कपडा र खाद्यान्न वितरण गरेको हो ।

रुरु क्षेत्रमा सञ्चालित २ वटा आश्रमा बस्दै आएका वृद्धवृद्धाहरुलाई सामूहिक रुपमा भेला गरी प्रतिष्ठनका सदस्य नन्दराम भुसाल, डिल्लीराज भुसाल र बालकृष्ण भुसालले न्यानो कपडासँगै खाद्यान्न वितरण गर्नु भएको हो ।

घर परिवारबाट विभिन्न कारणले टाढा भई आश्रममा बस्दै आएका वृद्धवृद्धाहरुलाई सहयोग गर्ने उदेश्यले न्यानो कपडा र खाद्यान्न सामाग्री वितरण गरिएको प्रतिष्ठानले जनाएको छ ।

आश्रमका वृद्धवृद्धाहरुलाई नगद सहित, ब्लाङकेट रखाद्यान्न सामाग्री  प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । चिसोमा वृद्धवृद्धाहरुलाई खाना–बस्नका लागि सजीलो होस भन्ने उदेश्यले न्यानो कपडा वितरण गरिएको प्रतिष्ठानका सदस्य डिल्लीराज भुसालले बताउनु भयो ।

रुरु क्षेत्रमा रहेका मानव कल्याण वृद्धा आश्रममा १५ जना र रिषीकेश मन्दिर आश्रममा ३० जना वृद्ध महिलाहरु बस्दै आएका छन् ।