रुम्बामा सुन्तला महोत्सव शुरु, महोत्सव तीन दिनसम्म चल्ने

रुम्बामा सुन्तला महोत्सव शुरु, महोत्सव तीन दिनसम्म चल्ने

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर २२, २०७६

पाँचथर । सुन्तला उत्पादक सुन्तला उत्पादनमा प्रोत्साहन तथा कृषकलाई व्यावसायिक बनाउने गर्ने उद्देश्यले पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बामा आजदेखि सुन्तला महोत्सव शुरु भएको छ ।  सुन्तला उत्पादनको पकेट क्षेत्र मानिएको कुरुम्बामा आयोजना गरिएको महोत्सवमा सुन्तलाका स्टलहरु राखिएका छन् । महोत्सव तीन दिनसम्म चल्ने मिक्लाजुङ गाउँपालिका–५ का वडाध्यक्ष अविसन लावतीले जानकारी दिनुभयो । 

कुरुम्बामा पाँच दर्जनभन्दा बढी घरपरिवारले व्यावसायिक रुपमा सुन्तला उत्पादन गर्ने गरेका छन् । अधिकांशले सुन्तलाबाट बर्सेनी लाखौँ आम्दानी गर्ने गरेका छन् । यहाँ व्यापारीहरुले बगानमै आएर सुन्तला खरिद गरी तराईका जिल्लामा पु¥याएर बिक्री गर्ने गरेका छन् । महोत्सवको प्रदेश नं १ प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिकी सभापति सीता थेबेले उद्घाटनमा गर्नुभयो ।