हङकङमा हिंसात्मक बन्दै आन्दोलन : हालसम्मकै बृहत् प्रदर्शन

हङकङमा हिंसात्मक बन्दै आन्दोलन : हालसम्मकै बृहत् प्रदर्शन

लोकसंवाद संवाददाता  |  विदेश  |  मंसिर २३, २०७६

हङकङका सडकमा हालसम्मकै ठूलो प्रदर्शन भएको छ । गत अगस्टदेखि पहिलो पटक प्रहरीले लोकतन्त्र समर्थक समूह सिभिल ह्युमन राइट्स फ्रन्टलाई र्‍यालीका लागि अनुमति दियो ।

आयोजकले भनेका छन्, ‘यसमा करिब आठ लाख मानिस सहभागी भए जबकि प्रहरीले प्रदर्शनकारीको संख्या ८३ हजार मात्र बतायो ।’

र्‍यालीअघि प्रहरीले छापा मारेर ११ जनालाई गिरफ्तार गर्‍यो र एउटा ह्याण्ड गन बरामद गरेको दाबी गर्‍यो ।

एउटा विवादित विधेयकलाई लिएर गत जुनमा त्यहाँ प्रदर्शन भएको थियो र यो अहिले आएर व्यापक सरकारविरोधी प्रदर्शनमा बदलिएको छ ।

प्रदर्शनका क्रममा भिक्टोरिया पार्कमा आएकी ४० वर्षीया एक महिलाले भनिन्, ‘म स्वतन्त्रताका लागि मृत्युपर्यन्त संघर्ष गर्नेछु ।’

शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारले शान्ति सुरक्षा कायम राख्न अपिल गरेको छ । भनेको छ कि उसले पाठ सिकोको छ र अब सहानुभूतिसहित जनताको कुरा सुन्नेछ र आलोचना स्वीकार गर्नेछ ।

प्रदर्शनको ६ महिना पूरा

यस र्‍यालीपछि सरकारले भनेको छ कि ऊ हङकङको गहिरिँदो समस्याबारे वार्ताको माध्यमबाट समाधान गर्न प्रयासरत छ ।

गत जुन ९ मा जब विशाल र्‍याली भयो, त्यसको सोमबार ६ महिना पूरा हुँदै छ ।

यी प्रदर्शनका कारण एउटा ठूलो राजनीतिक संकट खडा भयो, जसमा चीनको यस अर्ध स्वायत्त क्षेत्र आफ्नो वसमा लिएका छन् ।

र्‍याली आयोजक सिभिल ह्युमन राइट्स फ्रन्ट भन्छ कि सरकार सामु उनीहरूका माग मान्ने अन्तिम उपाय प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनको स्वतन्त्र छानबिन होु् । गिरफ्तार गरिएकालाई रिहा गरियोस् र निष्पक्ष निर्वाचन गराइयोस् ।

अहिले यी प्रदर्शन हिंस्रक हुँदै गएका छन्, जसका कारण यस अशान्तिलाई कसरी रोक्ने भन्ने चिन्ता पनि उत्पन्न भएको छ ।

जुनदेखि आजसम्म ६ हजार मानिसलाई गिरफ्तार गरिएको छ र सयौँ घाइते भएको छन्, जसमा प्रहरी पनि छन् ।

बिहीबार शान्तिपूर्ण रहेको प्रदर्शन केही भेगमा भने हिंसात्मक भएको खबर आइरहेका छन् ।

यस र्‍यालीको अन्तिममा प्रदर्शनकारीले आफ्ना मोबाइलका लाइट बाले र सरकारको विरोध जनाए ।

हिंसाका खबर

यसबीच हाई कोर्ट अफ फाइनल अपिललाई पनि नोक्सानी पुर्‍याइएको छ । प्रहरी भन्छ, ‘यसमा पेट्रोल बम प्रहार भएको छ ।’

यस आक्रमणको र्‍याली आयोजक, प्रहरी र सरकारले निन्दा गरेका छन् र भनेका छन् कि यो हङकङको छबिलाई धुमिल बनाउने काम हो ।

यसअघि प्रहरीले छापा मार्दा एउटा स्वचालित पेस्तोल, १०५ कारतोस, चक्कु र पटाका बरामद गरेको बताएको थियो । भनिन्छ, यस्तो पहिलो पटक भइरहेको छ तर यी प्रदर्शनमा पहिलो पटक ह्याण्ड गन बरामद भएको छ ।

दुई साताअघि स्थानीय निकायको निर्वाचनमा लोकतन्त्र समर्थक उम्मेदवारले भारी मतले जितेपछि शहरमा केही शान्ति छाएको थियो ।

तर, हङकङका नेता कैरी लेमका विरुद्ध अझै असन्तोष जारी छ र प्रदर्शनकारीले सरकारसँग सहुलियत मागिरहेका छन् ।