गाउँपालिका प्रमुख निरौलाको गाडीमा आगजनी , सवारी जलेर ध्वस्त

गाउँपालिका प्रमुख निरौलाको गाडीमा आगजनी , सवारी जलेर ध्वस्त

लोकसंवाद संवाददाता  |  अपराध  |  मंसिर २३, २०७६

खोटाङ । रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति आगलागी भएको छ।  आगलागीका कारण सवारी जलेर ध्वस्त भएको छ। 

म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो, उहाँले भन्नुभयो, ‘उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो।’  करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो । 

प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम नेतृत्वको टोली घटनास्थलमा खटाइएको र आवश्यक अनुसन्धान शुरु गरिएको जानकारी दिनुभयो।