कोहलपुर क्षेत्रमा रहेका सम्पूर्ण शैक्षिक संस्था बन्द

कोहलपुर क्षेत्रमा रहेका सम्पूर्ण  शैक्षिक संस्था बन्द

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २३, २०७६

बाँके । बाँकेको कोहलपुर क्षेत्रमा रहेका सम्पूर्ण निजी विद्यालय सोमवार बन्द गरिएका छन्। 

विद्यालय जाँदै गरेकी १२ वर्षीया बालिका प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएर घाइते बनाएपछि आक्रोशित भिडले निजी विद्यालयको बसमा समेत तोडफोड गरेको थियो । निजी विद्यालयको बसमा समेत तोडफोड गरेको विरोधमा विद्यालय बन्द गरिएका हुन्।
आइतबारको घटनालाई मध्यनजर गरी सोमबार कोहलपुर क्षेत्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको क्रिशा बाँकेका अध्यक्ष शिवप्रसाद डाँगीले जानकारी दिनुभयो । 

क्रिशाका अध्यक्ष डाँगी, प्याब्सन कोहलपुर अध्यक्ष यम रावत र नेपाल प्याब्सन, कोहलपुर अध्यक्ष बेगप्रकाश चन्दले संयुक्त विज्ञप्ती जारी गरी एक दिनका लागि सम्पूर्ण निजी विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन्। कोहलपुरस्थित त्रिभुवन मावि कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृतिलाई ट्रकले कुल्चेको थियो। 

उनको दाहिने खुट्टा छियाछिया भएको छ। घटनालगत्तै आक्रोशित भएका विद्यार्थीले कोहलपुरमा आन्दोलन गरेका थिए। आन्दोलनका क्रममा विद्यालय बोकेका सवारी साधनमा समेत तोड्फोड गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ।