काठमाडौंमा आजको तापक्रम यो बर्षकै न्यून

काठमाडौंमा आजको तापक्रम यो बर्षकै न्यून

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर २३, २०७६

काठमाडाैं । हिउँदयाम बढ्दै जाँदा काठमाडौं उपत्यकाको तापक्रम भने घटेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान काठमाडौं उपत्यकाको तापक्रम ४ दशमलव ४ डिग्री मापन गरेको छ। 

काठमाडौंमा आज बिहानको तापक्रम यो बर्षकै न्यून हो । बुधबारसम्म चिसो झनै बढ्ने महाशाखाले जनाएको छ । उपत्यका र तराईमा हुस्सुका कारण चिसो बढिरहेको छ । पश्चिमी वायुको प्रभाव बढ्दा हिमाली क्षेत्रमा बर्षा र हिमपात हुने सम्भावना छ।