नागरिकता संशाेधन विधेयक: असममा बढ्यो आक्रोश

नागरिकता संशाेधन विधेयक: असममा बढ्यो आक्रोश

लोकसंवाद संवाददाता  |  विदेश  |  मंसिर २४, २०७६

भरतका पूर्वोत्तर राज्यहरू, खासगरी असममा नागरिकता संशोधन विधेयकको विरोधमा प्रदर्शन गरिरहेका मानिसको आवेग बाहिर आउन थालेको छ ।

विरोध प्रदर्शन गरिरहेका मानिस ‘आरएसएस गो–ब्याक’ भन्दै नारा लगाइरहेका छन् र आफ्ना नारामा भारतीय जनता पार्टीलाई सतर्क गराइरहेका छन् ।

सडकमा उत्रिएका अल असम स्टुडेन्ट्स युनियनका कार्यकताहरूले यसअघि नागरिकता विधेयकको विरोधमा मशाल जुलुस निकालेर आफ्नो विरोध जनाएका थिए । त्यहीँ स्थानीय कलाकार, लेखक, बुद्धिजीवी र विपक्षी दलहरूले फरक फरक तरिकाले विरोध जनाए ।

नगरिकता संशोधन विधेयकलाई छोटोमा सीएबी भनिन्छ र यो विधेयक सुरुदेखि नै विवादमा छ ।

नगरिकता (संशोधन) विधेयक, २०१९ सदनमा पेस गरिएपछि अल असम स्टुडेन्ट्स युनियनका सदस्यले गुवाहटीमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमीत शाह, असमका मुख्यमन्त्री सर्वानन्द सोनोवालसमेत भाजपा सरकारका केही नेता र मन्त्रीको पुतला जलाएका थिए ।

असमका डिब्रुगढ, तिनसुकिया, धेमाजी, शिवसागर र जोरहाट जिल्लाका केही स्थानमा सोमबार विरोध प्रदर्शन गरिरहेका मानिसले राष्ट्रिय राजमार्गलाई बन्द गराएर यातायात ठप्प पारेका थिए । त्यहीँ रेलको आवतजावत ठप्प पार्ने र प्रहरीका बीच भीडन्त भएको खबर पनि आयो ।

आखिर केको डर ?

पूवोत्तर राज्यहरूका स्वदेशी (भारतीय)को एउटा ठूलो वर्ग यस कुरासँग डराएको छ कि नागरिकता विधेयक पारित भएमा जो शरणार्थीहरूलाई नागरिकता प्राप्त हुन्छ, त्यसबाट उनीहरूको पहिचान, भाषा र संस्कृति खतरामा पर्छ ।

अल असम स्टुडेन्ट्स युनियनका मुख्य सल्लाहकार समुज्ज्वल भट्टाचार्य भाजपामाथि नागरिकता संशोधन विधेयकको आडमा हिन्दु भोट बैंकको राजनीति गरिरहेको आरोप लगाउँछन् ।

उनी भन्छन्, ‘यो कुरा अब स्थापित भएको छ कि कांग्रेसले बंगलादेशी नागरिकहरूलाई सुरक्षा दिनका लागि हामीमाथि आईएमटीडी कानुन ल्याएको थियो र अब बीजेपी अवैध बंगलादेशीलाई सुरक्षा दिनका लागि हामीमाथि नागरिकता संशोधन विधेयक थोपरिरहेको छ । यी सबैलाई बंगलादेशीको मत चाहिएको छ । तर, असमका मानिस कुनै पनि मूल्यमा यस विधेयकलाई स्वीकार गर्नेछैनन् ।’

अल असम स्ट्डेन्ट्स युनियनबाट विद्यार्थी राजनीति सुरु गरेका असमका मुख्यमन्त्रीको कुर्सीसम्म पुगेका सोनोवालले आफ्नै देशमा भइरहेको व्यापक आन्दोलनलाई देखेपछि भने, ‘हाम्रो सरकारले कहिल्यै पनि जातिलाई हानि गरेको छैन र कहिल्यै गर्दैन ।’

उनले थ पभने, ‘हामी असमी जातिको सुरक्षाका लागि सुरुदेखि नै काम गरिरहेका छौँ र तपाईंहरू हाम्रा कामलाई हेरिरहनुभएको छ । म आन्दोलन गरिरहेका मानिसलाई आह्वान गर्छु कि तपाईंहरूले आन्दोलनबाट असमको भविष्य बदल्न सक्नुहुन्न ।’

नागरिकता संशोधन विधेयक पारित भएपछि के असमी जाति, भाषा र त्यहाँको संस्कृति पूरै ध्वस्त हुन्छ ? यस प्रश्नको जवाफ दिँदै वरिष्ठ पत्रकार बैकुण्ठनाथ गोस्वामीले भने, ‘यदि यो विधेयक लागू भएमा आफ्नै प्रदेशमा असमीहरू भाषिक अल्पसंख्यक बन्नेछन् । असममा वर्षौं अघि आएर बसेका बंगाली बोल्ने मुसलमानहरू पहिला आफ्नो भाषा बंगाली नै लेख्थे तर असममा आएपछि उनीहरूले असमी भाषालाई आफ्नो भाषाका रूपमा स्वीकार गरेका थिए ।’

यस राज्यमा असमी भाषा बोल्नेको संख्या ४८ प्रतिशत छ र यदि बंगाली बोल्ने मुसलमानले असमी भाषा छाडेमा यो ३५ प्रतिशतमा झर्नेछ । असममा बंगाली भाषा २८ प्रतिशत मात्र छ र यो विधेयक लागू भएपछि यो ४० प्रतिशतसम्म पुग्नेछ । अहिले असममा असमी एक मात्र बहुसंख्यक भाषा हो ।

जारी रहनेछ विरोध प्रदर्शन

पूर्वोत्तर भारतका सात राज्यको विद्यार्थी निकाय नर्थ इस्ट स्टुडेन्ट्स अर्गनाक्ष्जेसनले मंगलबार बिहानै ५ बजेदेखि अपराह्न ४ बजेसम्म पूर्वौत्तर राज्यहरूमा बन्द आह्वान गरेको छ ।

राज्यका करिव ३० नागरिक संगठनले अर्गनाइजेसनको यस बन्दलाई आफ्नो समर्थन दिएका छन् । यसबीच अल असम सुटिया स्टुडेन्ट्स अर्गनाइजेसन र अल असम मोरान स्टुडेन्ट्स अर्गनाइजेसनले सोमबार बिहानैदेखि असममा ४८ घन्टे बन्दको आह्वान गरेका छन्, जसको माथिल्लो असमका आठ जिल्लामा व्यापक असर परेको छ ।

यस नागरिकता विधेयकलाई लिएर सामाजिक संजालमा सयौँले मुख्यमन्त्री सोनोवालविरुद्ध रिस पोखेका छन् ।

मुख्यमन्त्री सोनोवालले आफ्नो फेसबुक पेजमा एउटा भिडियो पोस्ट गर्दै लेखेका थिए कि असमलाई यदि औद्योगीकरणको क्षेत्रमा अगाडि बढाउनु छ भने यसका लागि राज्यमा शान्तिको माहोल बनाउन जरुरी छ ।

यस विवादित विधेयकका विरुद्ध गुवाहटी विश्वविद्यालयका एक विद्यार्थीले आफ्नो रगतले एउटा सन्देश लेखेर विरोध जनाएका छन् । सामाजिक संजालमा ती विद्यार्थीको एउटा भिडियो फुटेज भाइरल भइरहेको छ, जसमा आफ्नो काटिएको हातको रगतले लेखेर यस विधेयकको विरोध गरेका छन् ।