सुन पाँच वर्षयताकै महँगो, तोलाको त्रिसठ्ठी हजार तीन सय

सुन पाँच वर्षयताकै महँगो, तोलाको त्रिसठ्ठी हजार तीन सय

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन ८, २०७५

काठमाडौं । नेपाली बजारमा बुधबार छापावाल सुन प्रति तोला ६३ हजार तीन सय रूपैयाँमा कारोवार भएको छ । जुन पाँच वर्षयताकै महँगो हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ०६९ मंसिरमा नेपाली बजारमा सुन प्रतितोला ६३ हजार सात सय रूपैयाँ थियो । व्यवसायीहरूका अनुसार माघदेखि सुनको मूल्य बढेको हो । 

तेजावी सुन भने प्रतितोला ६३ हजार रूपैयाँमा कारोबार भएको छ । 

अहिले नेपाली बजारमा दैनिक २० देखि २५ किलो सुनको खपत छ ।