पाेखरा प्रिमिएर लिग मंसिर २८ बाट

पाेखरा प्रिमिएर लिग मंसिर २८ बाट

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर २५, २०७६

कास्की । पाेखरा प्रिमिएर लिग क्रिकेट प्रतियोगिताको दोस्रो सस्करणको खेल तालिका सार्वजनिक गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेल २०७६ म‌ंसिर २८ गते बिहान ११:३० बजे पोखरा रंगशालामा हुनेछ । जसमा पोखरा पल्टन्स र काठमाडौं गोल्डेन्स बिच प्रस्तिपर्धा हुने  छ । प्रतियोगिताको दोस्रो दिन दुई वटा खेल हुनेछ । पहिलो खेल बिहान ९ बजे हुनेछ ।

जसमा बिराटनगर टाइटन्स र धनगढी ब्लुज प्रतिस्पर्धा गर्नेछन् । भने १२ बजे  हुने खेलमा काठमाडौं गोल्डेन्स र बुटवल ब्लास्टर्स विच प्रतिस्पर्धा हुनेछ ।

यस्तै तेस्रो दिनको पहिलो खेलमा पोखरा पल्टन र चितवन राइनोज खेल्नेछ । यस्तै चौथो दिन काठमाडौं गोल्डेन्स र धनगढी ब्लुज विच खेल हुनेछ भने दोस्रो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टन विच भिडन्त हुनेछ ।

प्रतियोगिताको ट्रफि शुक्रबार सार्वजनिक गरिने आयोजकले जनाएका छन ।