अज्ञात समूहद्वारा भोजपुरका दुई वडा कार्यालयमा आगजनी

अज्ञात समूहद्वारा भोजपुरका दुई वडा कार्यालयमा आगजनी

लोकसंवाद संवाददाता  |  अपराध  |  मंसिर २५, २०७६

भोजपुर । भोजपुर स्थित रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको नेपाल प्रहरीले जनाएको छ ।     

पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिनुभएकाे छ । 

रामप्रसाद राई–२ को कार्यालय भने पूर्णरुपमा ध्वस्त रहेको स्थानीयवासीले बताएका छन् । घटनाको जानकारी पाउनासाथ प्रहरी सो स्थानतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताउनुभयो ।

प्रहरीका अनुसार घटनाका विषयमा थप अनुसद्दधान भइरहेकाे  छ ।