मिस इन्डोनेसियालाई हराउँदै 'टप ४०' मा अनुष्का

मिस इन्डोनेसियालाई हराउँदै 'टप ४०' मा अनुष्का

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर २५, २०७६

काठमाडाैं । ‘मिस वर्ल्ड २०१९ ’ मा सहभागी हुन बेलायत पुगेकी ‘मिस नेपाल’ अनुष्का श्रेष्ठ डिसेम्बर १४ मा आयोजना हुने ‘मिस वर्ल्ड’को लागी हेड टु हेड च्यालेन्जको दोस्रो राउन्डमा मिस इन्डोनेसियालाई हराउँदै 'टप ४०' मा पर्न सफल भएकी छिन् ।

उनी 'ब्युटी विथ पर्पोज'को लागी टप १० मा पर्न सफल भएकी छिन् । अर्को प्रतिस्पर्धा मल्टिमिडियामा भने नेपाल अलिकति पछाडि परेको छ । उल्लेख्य रूपमा भोट भए पनि युक्रेन र भियतनाम नेपाल भन्दा अघि पुगेका छन् ।

भोटिङमा पहिलो स्थानमा रहने सुन्दरी उत्कृष्ट २० मा सोझै पुग्नेछिन् । अनुष्काले सर्वाधिक भोट ल्याएमा ‘मल्टिमिडिया अवार्ड’ जित्नेछिन्, जसले उनलाई उत्कृष्ट २० मा सोझै पुर्‍याउनेछ । 

 गत वर्ष मिस मेक्सिको भेनेसा पोन्सले मिस वर्ल्डको ताज पहिरिएकी थिइन् भने मिस नेपाल शृङ्खला शीर्ष १२ सम्म पुग्न सफल भएकी थिइन् ।