यौन दुर्व्यवहार आराेपमा सोनाम दोर्जे पक्राउ

यौन दुर्व्यवहार आराेपमा  सोनाम दोर्जे   पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  मंसिर २५, २०७६

काठमाडौं । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

 काठमाडौं महानगरपालिका -६ बौद्ध रामहिटी बस्ने २४ वर्षीय सोनाम दोर्जेलाई  २०७६ म‌ंसिर २४ गते मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

दोर्जेले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।