सरकारी छाप दस्तखत कीर्तेमा दाेषी ठहर प्रेम माया पक्राउ

सरकारी छाप दस्तखत कीर्तेमा दाेषी ठहर  प्रेम माया पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  मंसिर २५, २०७६

धादिङ । सरकारी छाप दस्तखत किर्ते  गरेर फरार रहेकाी एक महिलालाई २०७६ मंसिर २४ गते मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत धादिङको २०७३ पुस २३ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा ७५ हजार रुपैयाँ जरिवाना तोके पछि फरार रहेकी प्रतिवादी नेत्रावती डबजोङ गाउँपालिका–२ बस्ने २२ वर्षीया प्रेम माया तामाङ पक्राउ परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत खटिएको प्रहरीले उनलाई पक्राउ गरिएको हो । 

तामाङलाई फैसलाको लागि जिल्ला अदालत धादिङमा लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।