जुवातास खेलिरहेको अवस्थामा ५ जुवाडे पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ५ जुवाडे पक्राउ

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर २६, २०७६

काठमाडौं । काठमाडौं महानगरपालिका– २९ अनामनगर बस्ने डिलकुमार लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं अनामनगर बस्ने ४६ वर्षीय प्रेमराज शर्मालगायत ५ जनालाई नगद ९४ हजार रुपैयाँ र तास सहित मंगलबार राती प्रहरीले पक्राउ गरेको  छ । 

महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।