बेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक बरामद

बेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक बरामद

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर २६, २०७६

बर्दिया । मंगलबार दिउँसो गुलरिया नगरपालिका– १२ भवानी सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

 प्रहरी चौकी गणेशपुरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । 

बैतडी, दशरथचन्द नगरपालिका– २ ग्वाल्लेकस्थित ग्वाल्लेक जंगलको ओडारमा चुन्नीले बेरेर लुकाई छिपाई राखेको अवस्थामा रहेको १ थान भरुवा बन्दुक मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी देहिमाण्डौबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।