सवारी दुर्घटनामा २ जनाको मृत्यु

सवारी दुर्घटनामा २ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर २६, २०७६

मकवानपुर । गढी गाउँपालिका– ४ बन्दडाँडास्थित सडकमा बा४ख ३६५५ नम्बरको टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका– ९ स्थित सडकमा ना४२प ७५०६ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मंगलबार राती मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पर्सा पर्सागढी नगरपालिका- ६ बस्ने ३० वर्षीय कन्चन ठाकुरलाई उपचारका लागि भरतपुरतर्फ लगिएको छ भने मोटरसाइकलमा सवार चितवन भरतपुर महानगरपालिका– १० बस्ने ३५ वर्षीया शर्मिला थापाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।  

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।