क्लिफर्ड हेन्सनले ९१ वर्षमा गरे डिप्लोमा !

क्लिफर्ड हेन्सनले ९१ वर्षमा गरे डिप्लोमा !

लोकसंवाद संवाददाता  |  विदेश  |  मंसिर २६, २०७६

काठमाण्डौं, एजेन्सी । ९१ वर्षीय क्लिफर्ड हेन्सनले ढिलै भएपनि आफ्नो पढ़ाई पुरा  गरेका छन् । उनको सपना ९ डिसेम्बरका दिन हाई स्कुल डिप्लोमा पुरा भएको हाे  । 

उनले सन् १९३० मा परिवारको आर्थिक स्थिति खराब भएका कारण पढाई छोड्नु परेकाे थियाे। हेन्सनले डिप्लोमा प्राप्त गरेपछि आफूलाई गर्व लागेको बताएका छन् । हेन्सन हाल लेक रिज केयर सेंटरमा बस्ने गरेका छन् । 

हेन्सनका अनुसार, १९३० मा उनका पिता धेरै बिरामी भएका कारण पढाई तथा पारम्परिक खेतीमा एउटा रोज्नुपर्ने भयो । त्यसबखत मैले खेतीलाई चुनें । खेतीमा करिब ९८ प्रतिशत समय व्यतित गर्नुपर्ने हुन्छ । यस्तोमा कसैले कसरी आफ्नो पढाई पुरा गर्न सक्ला र ? यस्तोमा आठ कक्षा पास गरेपछि मैले पढाई छोड्नु पर्यो । 

हेन्सनले डिप्लोमा पुरा गर्नका लागि आफूले धेरै मेहनत गर्नुपरेको बताए । यसका लागि दिन रात नभनि मेहनत गर्नुपरेको थियो । 

लेक रिज केयर सेंटरका तिमारा परेराले सपना पुरा गर्नका लागि उमेर वाधा नहुने उदाहरण हेन्सन रहेको बताएका छन् ।