अवार्ड नपाएपछि  बिचबाटै उठेर हिँडे शाहिद !

अवार्ड नपाएपछि  बिचबाटै उठेर हिँडे शाहिद !

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर २६, २०७६

काठमाडौं । यहि वर्ष रिलिज भएको शाहिद कपुर स्टारर चलचित्र ‘कबिर सिंह’ बक्स अफिसमा निकै सफल भएकाे मानिन्छ। 

उनको अभिनयलाई लिएर दर्शकले मन खोलेर प्रशंसा समेत गरेका  छन् । शाहिदको फिल्मी करीयरमा यस चलचित्र अर्को कोशे ढुङ्गा साबित भएकाे अनुमान गरिएकाे  छ । सबै हिसाबले सफल भएको चलचित्रले अहिलेसम्म एउटा अवार्ड पनि हात पार्न भने सफल भएकाे छैन । 

हालै भएको एक अवार्ड समारोहमा शाहिदले अवार्ड नपाएपछि कार्यक्रम नसकिदैं बिचबाटै उठेर हिंडेका थिए भन्ने खबर सार्बजिनक भएकाे  छ । अवार्ड समारोहमा शाहिद परफर्मेन्स पनि गरेका थिए । तर स्टार स्क्रिन अवार्डस २०१९ मा उत्कृष्ट अभिनेताको उपाधि 'गली ब्वाई' बाट रणवीर सिंहले  प्राप्त गरेका थिए । रणवीर सिंहले अवार्ड पाउने बित्तिकै शाहिद कार्यक्रम छोडेर गएका थिए । 

शाहिदले कार्यक्रम छोडेर हिँडे पछि उनको ठाउँमा अभिनेता वरुण धवनले प्रस्तुति दिएका थिए ।