अज्ञात समूहद्वारा वडा कार्यालय र स्काभेटरमा आगजनी

अज्ञात समूहद्वारा वडा कार्यालय र स्काभेटरमा आगजनी

लोकसंवाद संवाददाता  |  अपराध  |  मंसिर २६, २०७६

संखुवासभा । संखुवासभाको मादी नगरपालिका वडा नं ५ को कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ ।

बुधबार राति १२ः०० बजेतिर गरिएको आगजनीका कारण कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान जलेर नष्ट भएका नगरप्रमुख विदुर सुब्बाले जानकारी दिनुभयो ।

आगजनी नेत्रविक्रम चन्द समूहले गरेको हुनसक्ने उहाँले बताउनु भयो । आगजनी गर्ने समूहले मादी–ओखरबोटे सडकखण्डमा काम गर्दै गरेको स्काभेटरमा पनि आगजनी भएको छ । 

उक्त घटनापछि त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मिम लामा बताउनु भयो ।

आगजनीमा संलग्नको खोजीकार्य भइरहेको उनले जानकारी दिनुभयो ।