१३औं सागमा नेपाल प्रहरीमा आवद्ध खेलाडीलाई ५६ पदक !

१३औं सागमा नेपाल प्रहरीमा आवद्ध खेलाडीलाई ५६ पदक !

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर २६, २०७६

काठमाडौं । १३औं सागमा नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुले ५६ पदक जितेका छन् ।

मंसिर १५ देखि २४ गतेसम्म नेपालमा संचालन भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा सहभागी भएका नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुले १६ स्वर्ण, १४ रजत र २६ कास्य गरीजम्मा ५६ वटा पदक प्रप्त गर्न सफल भएका छन् ।

उक्त प्रतियोगितामा प्राप्त पदकमध्ये करातेतर्फ ७वटा, तेक्वान्दोतर्फ ४ वटा, भारोत्तोलनतर्फ २वटा, उसुतर्फ १वटा,बक्सिङतर्फ १वटार पुरुष फुटबलतर्फ १ वटागरी कुल १६ वटा स्वर्णपदक छन् । 

यसैगरी करातेतर्फ ३वटा, जुडोतर्फ ३वटा, तेक्वान्दोतर्फ २ वटा, महिला भलिबलतर्फ १ वटा, टेबुल टेनिसतर्फ १ वटा, कुस्तीतर्फ १वटा, महिला फुटबलतर्फ १वटा, महिला कबड्डीतर्फ १ वटार महिला बास्केटबलतर्फ १वटा गरी कुल १४वटा रजत पदक प्राप्त भएका छन् । साथै भारोत्तोलनतर्फ ७ वटा,जुडोतर्फ ५ वटा,तेक्वान्दोतर्फ ५वटा,टेबुल टेनिसतर्फ ४वटा, करातेतर्फ३वटा,ब्याडमिन्टनतर्फ १वटार पुरुष क्रिकेटतर्फ १वटा गरीकुल २६ वटाकास्यपदक प्राप्त भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ ।

उक्त प्रतियोगितामा भएका विभिन्न खेलहरुमा नेपाल प्रहरीमा आवद्ध ८४ जना खेलाडीहरुको सहभागीता थियो ।