प्राधिकरणको सहयोगमा दार्खाको इलाका प्रहरी कार्यालयको भवन निर्माणा

प्राधिकरणको सहयोगमा  दार्खाको इलाका प्रहरी कार्यालयको भवन निर्माणा

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर २६, २०७६

धादिङ । खनियावास गाउँपालिका–४ मा नवनिर्मित इलाका प्रहरी कार्यालय दार्खाको प्रदेश ३ प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेतले बुधबार उद्घारटन गर्नुभएको छ । 

सो अवसरमा प्रहरी नायव महानिरीक्षक बस्नेतले नयाँ भवन निर्माण पछि नेपाल प्रहरीले दिने सेवा प्रवाहमा बृद्धि गरेर शान्ति सुरक्षा‚ अपराध अनुसन्धान तथा नियन्त्रणमा समेत सहयोग पुर्यापउने प्रतिवद्धता ब्यक्त गर्नुभयो । 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले विनाशकारी भूकम्प पछि अत्यन्तै कष्टकासाथ प्रहरीहरु टेन्ट र टहरामा बसेर सुरक्षा प्रदान गर्दै आइरहेको उल्लेख गर्दै नयाँ भवन उद्घारटन भएसँगै शान्ति सुरक्षाको सेवा प्रवाहमा धेरै सहजता हुने विश्वास व्यक्त गर्नुभयो । 

राष्ट्रिय पुनः निर्माण प्राधिकरणको सहयोगमा २ करोड ३८ लाख २ हजार ८ सय ४३ रुपैयाँको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।  

उद्घासटन समारोहमा खनियावास गाउँपालिकाका प्रमुख रण बहादुर तामाङ, उप–प्रमुख योमाया तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा,जिल्ला न्यायाधिबक्ता बालकृष्ण वाग्ले, राष्ट्रिय अनुसन्धान विभाग धादिङका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा, खनियावास गाउँपालिकाका वडा अध्यक्षहरु‚ विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु‚स्थानीय संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।