श्रोत नखुलेको १३ लाख नगद सहित सोनीद्वय पक्राउ

श्रोत नखुलेको १३ लाख नगद सहित सोनीद्वय पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  मंसिर २६, २०७६

बाँके । नेपालगंज उपमहानगरपालिका–२ स्थित घरबारी टोलबाट श्रोत नखुलेको १३ लाख नेपालीरुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा नेपालगंज उपमहानगरपालिका–२ बस्ने बिनोद कुमार सोनी र सोही स्थान बस्ने ४६ वर्षीय सौरभ सोनी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय बाँके र ५ नम्बर प्रदेश ब्यूरोबाट खटिएको प्रहरीले भे.५ प २७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।