मछिन्द्रमा अधिंकाश राष्ट्रिय खेलाडीको आगमन

मछिन्द्रमा अधिंकाश राष्ट्रिय खेलाडीको आगमन

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर २७, २०७६

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगका लागि मछिन्द्र क्लबले अधिंकाश राष्ट्रिय खेलाडी सम्मलीत टोलीको घोषणा गरेको छ ।

शनिबारबाट सुरू हुने लिगकालागि विराज महर्जनको कप्तानीमा मछिन्द्रले टोलीको घोषणा गरेको हो । 

सो टोलीमा सुजल श्रेष्ठसहित राष्ट्रिय टोलीका खेलाडीहरु रहने छन् । युवा खेलाडी अभिषेक रिजालसहित रेजिन सुब्बा, विशाल राई, हेमन गुरुङ, योगेश गुरुङ तथा रंजित धिमाल, देवेन्द्र तामाङ, विजय धिमाल, विशाल श्रेष्ठ र सूर्य अधिकारी रहेका छन् । 

यस्तै विदेशी खेलाडी सोमीडे र पिटर सेगुन र आन्द्रेस पनि मछिन्द्र आएका छन् भने बुद्ध चेम्जोङ र दीपक राई पनि मछिन्द्रको टोलीमा हुने छन् । 

प्रवेश कटुवालले प्रशिक्षण दिने टोलीमा अधिंकाश गतसंस्करणको लिग च्याम्पीयन मनाङ मस्र्याङदी क्लबका खेलाडीहरु पनि रहने छन् । 

च्याम्पियन बन्‍ने लक्ष्यसहित राष्ट्रिय टोलीका खेलाडी अनुबन्ध गरेको मछिन्द्र उद्घाटन खेलमा भोलि बिग्रेड ब्वाइज क्लब(बीबीसी)सँग भिड्ने छ । खेल दशरथ रंगशालामा दिनको ३ बजे सुरू हुनेछ ।