युवापुस्ताका लोकप्रिय पुष्प अब 'चालबाज'मा

युवापुस्ताका लोकप्रिय पुष्प अब 'चालबाज'मा

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर २७, २०७६

काठमाडाैं । सौरभ इन्टरटेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा निर्माण भैरहेको चलचित्र ‘चालबाज’मा नायक पुष्प खड्का इन्ट्री भएको छ ।
दार्जिलिङमा छायांकन  भएको यो चलचित्रमा आँफू आवद्ध भएको पुष्प ले भने, ‘यो चलचित्र कमेडी जनरामा निर्माण भैरहेको छ । मलाई यो चलचित्रमा भएको कथा र मेरो भूमिका मन पर्यो र काम गर्न तयार भएँ ।’

नायिका केकी अधिकारी, कलाकार वुद्दि तामाङको मुख्य भूमिका रहेको चलचित्रमा पुष्प पनि जोडिएपछि चलचित्रका कलाकारको टिम अझै बलियो बनेको छ ।

कैलाश राइको निर्देशनमा बनेको चलचित्रलाई अरुण तामाङले लगानी गरेका छन् । चलचित्रमा सौरभ लामाको छायांकन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत रहेको छ ।

पुष्प अभिनित दुई चलचित्र ‘दाल भात तरकारी र मारुनी’ यो बर्ष रिलिज भएका थिए । पुष्पको अभिनय र नाचलाई दर्शकले मन पराएका छन् । युवापुस्तामा लोकप्रिय बनेका नायकले ‘चालबाज’बाट बक्स अफिसमा कस्तो चाल चल्ने हुन्, यसका लागि चलचित्रको प्रदर्शन हुने दिन सम्म कुर्नुपर्ने छ ।