जमैकाकी टोनी एन सिंह बनिन् मिस वर्ल्ड, २०१९, नेपालकी अनुष्का १२ भित्र

जमैकाकी टोनी एन सिंह बनिन् मिस वर्ल्ड, २०१९, नेपालकी अनुष्का १२ भित्र

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर २९, २०७६

जमैकाकी टोनी एन सिंह सन् २०१९ की मिस वर्ल्ड चुनिएकी छन् । दोस्रो नम्बरमा मिस फ्रान्स ओपेली मेजिनो रहेकी छन् ।

मिस इण्डिया सुमन राव यस प्रतियोगितामा तेस्रो नम्बरमा परिन् ।

सन् २०१९ मा मिस वर्ल्ड तथा मिस युनिभर्स दुवै अश्वेत सुन्दरी चुनिएका छन् । यसअघि ८ डिसेम्बरमा दक्षिण अफ्रिकाकी २६ वार्षीया जोजिबिनी टुंजी मिस युनिभर्स चुनिएकी थिइन् ।

यस कार्यक्रमको आयोजना लण्डनमा गरिएको थियो । स्न २०१८ की मिस वर्ल्ड वनेसा पोंसले नयाँ चुनिएकी मिस वर्ल्डको शिरमा ताज पहि¥याएकी थिइन् । वनेसा मेक्सिकोकी हुन् ।

मिस युनिभर्स, २०१९ जोजिबिनी टुंजी

यस वर्ष विश्व सुन्दरीमा भारतकी सुमन रावले पनि भाग लिइन् । उनी यस प्रतियोगितामा तेस्रो नम्बरमा परेकी छन् । सुमनले मिस वर्ल्ड एसिया, २०१९ को ताज पहिरेकी छन् । यसअघि उनी मिस इण्डिया, २०१९ चुनिएकी थिइन् ।

सुमन राव

२० वर्षीया सुमन राव राजस्थानकी हुन् । उनी आफ्नो भविष्य बलिउडमा देखिरहेकी छन् । मिस इण्डिया चुनिएपछि उनी लगातार मोडलिङमा देखिएकी छन् ।

मिस वर्ल्ड टोनी सिंहले फ्लोरिडा स्टेट युनिभर्सिटीबाट अध्ययन गरेकी हुन् । उनी मनोविज्ञानकी छात्रा हुन् र डाक्टर बन्न चाहन्छिन् ।

नेपालकी अनुष्का १२ भित्र

यता, नेपालकी अनुष्का श्रेष्ठ भने उक्त प्रतियोगितामा टप १२औँमा परेकी छन् ।

यस वर्षकी मिस नेपाल अनुष्काले ब्युटी विद प्रपोज र मल्टिमिडिया अवार्ड तथा हेड टु हेड च्यालेन्ज जितेकी छन् ।