स्मार्ट फोनको अधिक प्रयोगले हुन सक्छ यौन क्षमतामा कमी

स्मार्ट फोनको अधिक प्रयोगले हुन सक्छ यौन क्षमतामा कमी

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  मंसिर २९, २०७६

अहिले स्मार्ट फोन तथा मोबाइलको बढ्ता प्रयोग मानिसका लागि दुव्र्यशन बन्दै गएको छ, जसका कारण मानिसको मानसिकतामा मात्र नभएर यौन जीवनमा समेत असर गरिरहेको पाइएको छ ।

मोरक्कोको एक विश्वविद्यालयको अध्ययनका अनुसार करिब ६० प्रतिशत मानिसले स्मार्ट फोनका कारण यौन जीवनमा समस्या भोगिरहेको बताए ।

९२ प्रतिशतले राती फोन प्रयोग गर्छन्

मेरक्को न्यूजले वैज्ञानिक अध्ययनको हवाला दिँदै भनेको छ कि सबै ६०० सहभागीहरुसँग स्मार्ट फोन थियो र त्यसमा ९२ प्रतिशतले राती मोबाइल प्रयोग गर्ने बताए ।

लगभग ५० प्रतिशतले यौन जीवन सुखद नभएको बताएको उल्लेख छ किनकि उनीहरुले लामो समयसम्म स्मार्ट फोनको प्रयोग गरेका थिए ।

तिनमा ८ प्रतिशतले मात्र राती मोबाइल फ्लाइट मोडमा राख्ने गरेको उल्लेख गरे । अध्ययनमा पाइयो कि स्मार्ट फोनले २० देखि ४५ वर्षका मानिसलाई नकारात्मक असर गरेको छ, जसमा ६० प्रतिशतले भनेका छन् कि स्मार्ट फोनका कारण उनीहरुको यौन जीवनमा नकारात्मक असर परेको छ ।

आगमन कलको जवाफ दिँदा यौनमा बाधा

रिपोर्टमा लगभग ५० प्रतिशतले यौन जीवन सुखद नभएको बताएको उल्लेख छ किनकि उनीहरुले लामो समयसम्म स्मार्ट फोनको प्रयोग गरेका थिए ।

अमेरिकाको एउटा कम्पनी स्योकलको एउटा सर्भेक्षणले भनेको छ, लगभग तीन चौथाई मानिसले मानेका छन् कि उनीहरु राती आफ्नो विस्तरामा वा खल्तीमा स्मार्ट फोन राखेर सुत्छन् । अध्ययनमा सहभागीमध्ये एक तिहाईले भनेका छन् कि आगमन कलको जवाफ दिनाले यौन कर्ममा बाधा पुगेको छ ।