पीपीएलको पहिलो खेलमा आज शरद र ज्ञानेन्द्रको टिम बिच प्रतिस्पर्धा

पीपीएलको पहिलो खेलमा आज शरद र ज्ञानेन्द्रको टिम बिच प्रतिस्पर्धा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर २९, २०७६

पोखरा । पोखरा प्रिमिएर लिग आजदेखि शुरु हुँदै छ । 

पोखरास्थित पोखरा क्रिकेट रंगशालामा ११ः३० बजे पछि  शुरु हुने उदघाटन खेलमा पोखरा पल्टन र काठमाडौं गोल्डेन बिच प्रतिस्पर्धा हुने छ ।

पोखरा पल्टनमा शरद भेसावकरको कप्तानी र काठमाडौं गोल्डेनमा ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान सँगै मैदानमा उत्रिने छन् । क्विन्स इभेन्टले आयोजना गरेको प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ ।

विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुजले प्रतिस्पर्धा गर्ने छन् । अघिल्लो संस्करणमा २ जना विदेशी खेलाडी रहेकोमा यसपटक भने प्रत्येक टिममा तिन जना विदेशी खेलाडी राख्न पाइने छ । काठमाडौं पीपीएलमा पहिलो पटक खेल्न लागेको टिम हो ।

उपाधि जित्ने लक्ष्यका साथ पोखरा आएको टिमका कप्तान मल्लले बताउनुभएको छ । यसैगरी पोखरा पल्टनका कप्तान भेषावकरले गत संस्करणको जस्तै प्रदर्शनलाई निरन्तरता दिएर उपाधि जोगाई राख्ने अठोट रहेको बताउनु भएको छ ।

पोखरा रंगशालामा पुस १२ गते सम्म चल्ने प्रतियोगिताका विजेताले २७ लाख नगद पुरस्कार पाउँने छन् र उप विजेताले १० लाख मात्र पाउने छन् ।  यसैगरी उत्कृष्ट तीन जना खेलाडीलाई मोटरसाइकल प्रदान गरिने छ ।