बँदेल आक्रमणमा सीतादेवीको मृत्यु

बँदेल आक्रमणमा सीतादेवीको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २९, २०७६

सप्तरीको कञ्चनरुपा नगरपालिका–६ की ३५ वर्षीया सीतादेवी सदाको शनिबार बँदेलको आक्रमणबाट मृत्यु भएको छ।

घर नजिकै रहेको जङ्गलमा खर काटन गएकी सदालाई जङ्गली बँदेलले एक्कासी आक्रमण गरेको थियो ।

बँदेलको आक्रमणबाट घाइते भएकी सदाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले जानकारी दनुभभएकाे छ ।